१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रियल मड्रिडले लिभरपुललाई हरायो


182
Shares

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले लिभरपुललाई हराएको छ ।

मंगलबार राति भएको खेलमा रियलले लिभरपुललाई ५–२ ले हराएको हो ।

खेलको चौंथो मिनेटमा डार्विन नुनेजले गोल गर्दै घरेलु टोली लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । १४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २–० ले अघि बढाए । २१ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २–१ को स्थितिमा ल्याए । ३१ औं मिनेटमा जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–२ को बराबरीमा ल्याए ।

यसैगरी, ४७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै रियललाई ३–२ ले अघि बढाए । ५५ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई ४–२ ले अघि बढाए । त्यसपछि ६७ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ५–२ को जित दिलाए ।

पहिलो लेगको खेलमा हात पारेको फराकिलो हारसँगै लिभरपुल दोस्रो लेगको खेलपूर्व दबाबमा आएको छ ।

यी दुई टोलीबीचको दोस्रो लेग रियलको मैदानमा मार्च १६ मा हुनेछ ।