
एजेन्सी । रुसको एक ब्यापारिक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित ६ जनाको मृत्यु भएको छ । आगलागीमा परी ९ जना घाइते भएका छन् ।
भवनमा आगलागी भएपछि २ सय जनालाई उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मस्कोको तगांस्की जिल्लामा रहेको सो भवनमा होटल लगायत अपार्टमेन्टहरु रहेको जनाइएको छ ।
४१ वर्ष पुरानो १० तले सो भवनको पाँचौ तलाबाट आगालागी सुरू हँदा सातौं तलासम्म फैलिएको थियो ।
आगलागीको कारण प्रष्ट नभए पनि विद्युत शर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्