२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रपति आज बाग्लुङ र पर्वत जाँदै


130
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बागलुङ र पर्वतको भ्रमणमा जाँदै हुनुहुन्छ ।

राष्ट्रपति भण्डारी बागलुङ कालिका भगवतीको दर्शनका लागि बाग्लुङ जान लाग्नुभएको हो ।

बाग्लुङ कालिनका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार राष्ट्रपति भण्डारी बुधबार बिहान साढे १० बजे त्यहाँ पुग्ने कार्यक्रम रहेको छ ।

बागलुङको भ्रमणपछि राष्ट्रपति भण्डारी बुधबार नै पर्वतको जलजला गाउँपालिका पुग्नु हुनेछ ।

राष्ट्रपति भण्डारीले जलजला गाउँपालिका वडा नम्बर २ मा रहेको कुल मन्दिरको उद्घाटन् गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभएको छ ।