
काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–टू क्रिकेट अन्तर्गत त्रिदेशीय श्रृंखलाको सबै खेल जित्ने किर्तीमान बनाएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको श्रृंखलाको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले नामिबियासहितको श्रृंखलामा सबै चार खेल जितेर किर्तीमान बनाएको हो ।
७ टोली सहभागि लिग टु क्रिकेटमा अहिलेसम्म कुनैपनि टोलीले त्रिकोणात्मक श्रृंखलाका सबै खेल जित्न सकेका थिएनन् ।
मंगलबार स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गरेको थियो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ९५ रनको निर्णायक पारी खेले ।
यो जितसँगै नेपाल विश्वकप लिग टू क्रिकेटमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली समेत बनेको छ । आईसीसीको एक दिवसिय अन्तराष्ट्रिय मान्यता जोगाइराख्न नेपालले अब बाँकी रहेका दुई श्रृंखलामा ८ मध्ये कम्तिमा ५ खेल जित्नुपर्ने अवस्था छ ।
प्रतिक्रिया दिनुहोस्