
काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ३ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार स्थिर रहेर एक लाख ३ हजार रूपैयाँमै कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख २ हजार ५ सय रूपैयाँमै कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने बुधबार ५ रूपैयाँले बढेर १ हजार २९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्