२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


महन्थ ठाकुरलाई राष्ट्रपतिमा सहयोग गर्न लोसपा नेताहरुबाट देउवालाई आग्रह


455
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले भेटवार्ता गरेका छन् ।

देउवा निवास धुम्बाराहीमा भएको भेटमा लोसपा नेताहरुले राष्ट्रपतिमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई सहयोग गर्न कांग्रेस सभापति देउवासँग आग्रह गरेका छन् ।

देउवासँगको छलफलमा लोसपा अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा लगायत सहभागी छन् ।

लोसपाका नेताहरूले मंगलबार प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।