२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक


364
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ ।

बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म गरेका भेटवार्ता र विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नेछन् ।

पछिल्लो समय सो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा (एमाले) ले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको छ ।