
काठमाडौं । गायक निर्मल दाहालको ‘पागल’ बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीतमा धिरज क्षेत्रीको शब्द तथा संगीत रहेको छ ।
गीतलाई अमेरिकाका विभिन्न ठाउँमा छायांकन गरिएको छ । गीतको भिडियोमा ‘दि मन्डला डान्स स्टुडियो’ का कलाकारहरु सुरज श्रेष्ठ, सुश्मिता केसी , सुसान्त महर्जन , सेमाङ बोस लगायतको अभिनय रहेको छ ।
रबिन बिक्रम कार्की र पेम्बा मोक्तानले छाँयाकन गरेको उक्त भिडियो लाई लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन् । गीतको निर्देशन सुरज श्रेष्ठले गरेका हुन्।
यस अघि ‘जब घाम ढल्छ’ र ‘अचेल’ बोलको गीतको भिडियो निकाली सकेका निर्मलले आफ्नै युटुब च्यानल मार्फत उक्त गीतको भिडियो सार गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्