२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अक्षय कुमारले सेल्फी खिचेर राखे वर्ल्ड रेकर्ड


2.821k
Shares

एजन्सी । भारतीय अभिनेता अक्षय कुमारले तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वर्ल्ड रेकर्ड राखेका छन्।

अक्षयले बुधबार मुम्बईमा आफ्नो आगामी फिल्म ‘सेल्फी’को प्रमोशनको एक कार्यक्रममा तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वल्र्ड रेकर्ड तोडेका हुन् ।

यसबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमा केही तस्बिर र भिडियो सार्वजनिक गरेका छन् । यसका साथै उनले प्रशंसकहरुप्रति कृतज्ञता पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा अक्षय ओरेन्ज जम्प सूटमा देखिएका थिए । यस क्रममा उनले स्टेजमा १८४ सेल्फी खिचे । सोही तस्बिर सार्वजनिक गर्दै अक्षयले क्याप्सनमा लेखेका छन्, ‘मैले आजसम्म जे पनि हासिल गरेको छु र जीवनमा जहाँ छु, त्यो मेरा फ्यानहरूको निस्वार्थ मायाको कारण होयो मेरो लागि खास छ र यो कुरा स्वीकार गर्दै उहाँहरूले मलाई साथ दिइरहनु भएको छ। मेरा फ्यानहरूको सहयोगमा हामीले ३ मिनेटमा धेरै सेल्फी खिचेर गिनिज वर्ल्ड रेकर्ड राखेका छौं । यो धेरै विशेष थियो र म यो सधैं सम्झनेछु,।’

यसअघि यो कीर्तिमान अमेरिकाका जेम्स स्मिथको नाममा थियो । उनले २०१८ जनवरीमा कार्निभल ड्रिम क्रुज जहाजमा ३ मिनेटमा १६८ सेल्फी खिचेका थिए । अक्षयले तीन मिनेटमा १८४ सेल्फी खिचेर उनको रेकर्ड तोडेका हुन् ।