१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रपतिमा माधव नेपाललाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयास

'प्रधानमन्त्री प्रचण्डले आज देउवा र ओलीसँग छलफल गर्दै'

4.914k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा सर्वसम्मत उम्मेदवार बनाउने प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुट्नु भएको छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको बिहीबार बसेको बैठकले नेपाललाई उम्मेदवार बनाउने निर्णय समेत गरेको छ । तर, नेपालले आफ्नो उम्मेदवारीमा राष्ट्रिय सहमति हुनुपर्ने बताएपछि प्रधानमन्त्री प्रचण्डले शुक्रबार कांग्रेससँग छलफल गरेर टुंगोमा पुग्ने बताउनु भएको बुझिएको छ ।

प्रधानमन्त्रीले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग छलफल गरेर सहमति खोज्ने भनेपछि नेता नेपाल पनि उम्मेदवार बन्न तयार भएको बुझिएको छ ।

नेपाली कांग्रेसले भने राष्ट्रपति आफूले पाउनु पर्ने अडान राख्दै आएको छ ।