५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


राप्रपा निकट युवा संगठनको राष्ट्रिय भेला भोलिदेखि


351
Shares

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको राष्ट्रिय भेला शनिबारदेखि काठमाडौंमा हुने भएको छ ।

दुई दिन चल्ने भेलाको शनिबार राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्ने कार्यक्रम छ ।

देशका सबै जिल्लाबाट छानिएर आएका ३ सय जना भन्दा बढी प्रतिनिधिले महाधिवेशनको मिति तय गर्ने, महाधिवेशन आयोजक समिति बनाउने र विधानमा संशोधन गर्नेछन् । साथै भेलाले युवाका मुद्दा, राप्रयुसंले उठाउनुपर्ने विषयको पहिचान गरी आवश्यक कार्यदिशा तय गर्ने बताइएको छ ।

राप्रपाको हालैमात्र विद्यार्थी संगठनको राष्ट्रिय भेला समेत सम्पन्न भइसकेको छ । राप्रपाले आफ्नो भातृ संगठनको सबलिकरण, पुनः संरचना र देशभक्त राष्ट्रवादी आन्दोलनमा नयाँ ढंगबाट अघि बढाउने नीति लिएको प्रवक्ता मोहन श्रेष्ठले दावी गरेका छन् ।