२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपालले आज सिंगापुरसँग खेल्दै


1.586k
Shares

काठमाडौं । आईसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले शुक्रबार आफ्नो पहिलो खेल खेल्दैछ ।

नेपालले पहिलो खेलमा सिंगापुरको सामना गर्न लागेको हो । युएईमा खेल नेपाली समयअनुसार बिहान पौने ११ बजेबाट सुरू हुनेछ ।

लामो समयको अन्तरालमा विश्वकपमा छनोट हुने लक्ष्यका साथ युएई पुगेको नेपाली टोली जितका साथ प्रतियोगिता सुरू गर्न चाहन्छ ।

प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ ।

सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ ।