
काठमाडौं । चलचित्र प्राविधिक संघ (नेफ्टा) को अध्यक्षमा प्रेम भोम्जन (पुष्कर लामा) निर्विरोध निर्वाचित भएका छन् ।
लामालाई काठमाडौंमा बिहिबार सम्पन्न संस्थाको बीसौं वार्षिक साधारण सभाले तेस्रो कार्यकालका लागि पुनः सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
अध्यक्षमा लामासँगै युवराज कार्की महासचिवमा र कृष्णबहादुर थापा कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । यसअघि लामाले २०७२ र २०७५ सालमा पनि संस्थालाई नेतृत्व गरेका थिए ।
नेफ्टाको साधारण सभाका लागि बिहीबार देशभर फिल्म छायांकन कार्य स्थगित गरिएको थियो भने जिल्लामा पुगेका प्राविधिक सदस्यहरु राजधानी आइपुगेका थिए ।
नेफ्टाको अन्य पदका लागि भने निर्वाचन भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्