८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


लाइफबोई ‘द भ्वाइस किड्स नेपाल’ दोस्रो सिजनको लागि हाइजिन पाटर्नरको रूपमा आवद्ध


481
Shares

काठमाडौं । लाइफबोई साबुनले सांगीतिक कार्यक्रम ‘द भ्वाइस किड्स नेपाल’ को दोस्रो सिजनसँग आफ्नो सहकार्यको घोषणा गरेको छ ।

जसलाई शोको हाइजीन पार्टनरको रूपमा सहभागी सबै प्रतियोगी, निर्णायक र क्रू मेम्बरहरूको स्वास्थ्य सुरक्षा र स–कुशलतालाई प्रोत्साहन गर्ने जिम्मेवारी दिइएको छ ।

यसै क्रममा लाइफबोईले उक्त कार्यक्रमका दर्शकहरुलाई जीवनमा स्वच्छ र स्वस्थ्य बानी बारे सचेत गराउँदै यसको महत्वलाई स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ ।

द भ्वाइस किड्स नेपाल विश्वव्यापी गायन रियालिटी शो द भ्वाइस किड्सको नेपाली संस्करण हो । यस कार्यक्रमको पुनरावृत्तिका निर्णायकहरुमा मिलन नेवार, प्रविशा अधिकारी, सुशान्त केसी र प्रमोद खरेल रहेका छन् । कार्यक्रमको पहिलो एपिसोड १० मार्च २०२३ (फागुन २६, २०७९) मा प्रसारण गर्नेगरी योजना बनाइएको छ ।