
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ ।
बैठक शनिबार बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा राष्ट्रपति उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गरी निर्णय लिइने छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रपति उम्मेदवार हुन चासो देखाएका छन् ।
राष्ट्रपति पदको निर्वाचनका लागि शनिबार मनोनयन दर्ताको कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्