२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अभिनेता अक्षयद्वारा क्यानडाको नागरिकता त्याग्ने निर्णय, भारतीय राहदानीका लागि आवेदन दिए


5.278k
Shares

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारले क्यानडाको नागरिकता त्याग्ने निर्णय गरेका छन् ।

हालै अक्षयले भारतीय सञ्चार माध्यमसँगको अन्तर्वार्तामा आफ्नो लागि भारत नै सबै थोक भएको बताएका छन् । यससँगै उनले क्यानडाको नागरिकताको विषयमा पनि खुलेर बोलेका छन् । अक्षय कुमार क्यानेडियन नागरिकता भएको कारण ट्रोल हुने गरेका छन् ।

अक्षयले उक्त अन्तर्वार्तामा आफूले क्यानडाको नागरिकता त्याग्ने निर्णय गरेको र भारतीय राहदानीका आवेदन दिएको बताएका छन् । अक्षय कुमारले आफूसँग क्यानडाको राहदानी भएको कुरा बिर्सेको पनि बताएका छन् । तर, अहिले उनले आफ्नो राहदानी बदलेर भारतीय राहदानीका लागि निवेदन दिएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार अक्षयको करिब १४-१५ फिल्मले राम्रो व्यापार नगरेपछि साथी क्यानडामा भएका कारण आफू कामका लागि क्यानडामा गएको र त्याहाँको नागरिकताको लागि आवेदन दिएका थिए । अक्षय क्यानडामा रहदाँ उनको दुईवटा फिल्म रिलिज हुन बाँकी थियो जुन रिलिजपछि दुवै सुपरहिट भए । त्यसपछि अक्षय भारत नै फर्किएर पुनः फिल्ममा काम गर्न थाले ।

अक्षयले हालै तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वर्ल्ड रेकर्ड राखेका छन् । बुधबार मुम्बईमा आफ्नो फिल्म ‘सेल्फी’को प्रमोशनको कार्यक्रममा तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वर्ल्ड रेकर्ड तोडेका हुन् ।

उनको ‘सेल्फी’ फिल्म शुक्रबारबाट प्रदर्शनमा आएको छ ।