
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिनुभएको छ ।
शुक्रबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले काठमाडौंमा आयोजना गरेको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा मन्त्री मोदीले पूर्वराजा ज्ञानेन्द्रलाई आफ्नो ठिक ठाउँमा बस्न चेतावनी दिनुभएको हो ।
उहाँले एक/दुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजाले म नै राजा हुँ भन्ने सोचिरहेको टिप्पणी गर्दै त्यस्तो नसोच्न चेतावनी दिनुभयो । देशमा गणतन्त्र आइसकेको र जनताको छोराछोरी राष्ट्रपति बन्न पाउने भन्दै मन्त्री मोदीले देश पश्चगमनतर्फ नफर्कने दावी गर्नुभयो ।
उहाँले आफूहरुले देशलाई ठिक दिशा दिइरहेको भन्दै देशलाई खल्बल्याउनेहरुलाई खबरदारी गर्नुपर्ने बताउनुभयो ।
मन्त्री मोदीले मुलुकको राजनीतिक अवस्था परिवर्तनका निम्ति पत्रकारहरुको ठूलो योगदान रहेको भन्दै सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्