
काठमाडौं । राष्ट्रपतिबारे चार दलको बैठक सकिएको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) का नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा छलफल भएको थियो । छलफल फेरि साँझ अपरान्ह ५ बजे बस्ने गरी सकिएको हो ।
आन्तरिक छलफल गरेर दलहरू फेरि शुक्रबार साँझ ५ बजे बैठक बस्ने तयारी भएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिनुभयो ।
‘दलहरुबीच एकपक्षीय र बहुपक्षीय छलफल भइरहेको छ । अब आ–आफ्नो पार्टीमा छलफल गर्नु भएकाले साझ ५ बजे फेरि अर्को बैठक बसेर राष्ट्रपति उम्मेदवार टुंगो लगाउँछौं,’ महामन्त्री थापाले बालुवाटारमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै भन्नुभयो ।
त्यस्तै, थापाले राष्ट्रपतिबारे विभिन्न कोणबाट छलफल भएको र त्यो सकारात्मक भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्