
काठमाडौं । धीरज मगरद्वार अभिनित चलचित्र ‘ज्याकी:आई एम ट्वान्टी वान’को पोस्टर सार्वजनिक भएको छ ।
उक्त पोस्टरमा चलचित्रको शीर्ष भूमिकामा देखिएका धीरजलाई दोहोरो चरित्रमा प्रस्तुत गरिएको अुमान गर्न सकिन्छ । एकातिर उनी लाहुरेको पोसाकमा देखिएका छन् भने, अर्कोतिर अर्कै पोसाकमा देखिएका छन् ।
रेनशा राईको निर्देशनमा बनेको चलचित्रको प्रभुशमशेर जबरा र प्रज्ज्वलशमशेर जबरा निर्माता हुन् । चलचित्रमा रोहित शाक्य र कालीप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन र द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी रहेको छ ।
चलचित्रमा नायिकाको भूमिकामा अभिनेत्री जसिता गुरुङ छिन् । आइकोरको ब्यानरमा निर्माण भएको यो चलचित्रको फागुन १९ गते टिजर सार्वजनिक गर्ने तयारी छ भने चलचित्रलाई आगामी वर्षको बैशाख २१ गते प्रदर्शन मिति घोषणा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्