
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पुस १० पछि पहिलो पटक पार्टी कार्यालय सानेपा पुग्नु भएको छ ।
पुस १० गते सात दल मिलेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि कांग्रेस सत्ताबाट बाहिरिएको थियो । त्यसयता कांग्रेस सभापति देउवा पार्टी कार्यालय जानु भएको थिएन ।
यो बीचमा देउवाले कार्यसम्पादन र पदाधिकारी बैठक धुम्बाराहीमा राख्दै आउनु भएको थियो ।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समितिको बैठक देउवाले तीन पटक स्थगित गर्नुभएको थियो । पुरानो गठबन्धन ब्युँताउने कसरतमा रहेका देउवाले सो बैठक स्थगित गर्नुभएको थियो ।
शुक्रबार साँझ पुरानो गठबन्धन ब्युँताउने सहमति र राष्ट्रपतिमा आठ दलको समर्थन पाएपछि कांग्रेस कार्यसम्पादन समिति बैठक पुस १० पछि पहिलो पटक सानेपामा बसेको हो ।
प्रतिक्रिया दिनुहोस्