८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


ओप्पोको ‘एफ ९’ सार्वजनिक, पाँच मिनेट चार्ज गरेर दुई घन्टासम्म कुरा गर्न मिल्ने


0
Shares

काठमाडौं, भदौ १४ । ओप्पो मोबाइलले स्थानीय बजारमा ‘एफ ९’ सार्वजनिक गरेको छ ।

पाँच मिनेट चार्ज गरेर दुई घन्टासम्म कुरा गर्न मिल्ने नौलो विशेषताका साथ ओप्पो नेपालले नेपाली बजारमा ओप्पो ९ सार्वजनिक गरेको हो ।

ओप्पो सनराइज रेड, ट्वीलाइट ब्लु र पर्पल रङमा उपलब्ध छन् । मोबाइलको र्‍याम ४ र ६ जीबीका रहेका छन् ।

साधारण फोनभन्दा यो फोन चार गुणाले चार्ज वृद्धि हुने कम्पनीले जनाएको छ ।

ओप्पो सेल्फी एक्सपर्टको यो नयाँ सेरिज पनि चाँडै नै नेपाली उपभोक्तामाझ लोकप्रिय हुने ओप्पो नेपालको विश्वास छ ।

बजार प्रवेशका अवसरमा ओपोको नयाँ टीभीसी पनि सार्वजनिक गरिएको थियो ।

४ जीबी र्‍याम भएको फोनको बजार मूल्य ४१ हजार ५९० र ६ जीबी र्‍याम भएको मोबाइलको मूल्य ४५ हजार ५९० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।