२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित : नेता सिटौला


442
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दावी गर्नुभएको छ ।

शनिबार पार्टीको कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो । उहाँले पार्टीले वरिष्ठ नेता पौडेललाई सर्वसम्मत रूपमा स्वीकार गरेको बताउनुभयो ।

उहाँले राष्ट्रपति उम्मेदवारको रूपमा आफ्नो नाम आउनु स्वाभाविकै भएपनि अन्तिममा पार्टीले पौडेललाई बनाउने निर्णय गरेको बताउनुभयो । उहाँले शुक्रबार बैठकमा सहभागी ८ दलले नै पूर्ण रुपमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेल सर्वसम्मत हुनुभएको हो । मेरो पनि चर्चा थियो, त्यो स्वभाविक पनि छ । सभापतिज्युले प्रस्ताव राख्नुभयो, हामीले सर्वसम्मतले पास गरेका छौं । अहिले गठबन्धनमा रहेका सबैको समर्थन रहन्छ । उहाँको विजय निश्चित छ । अत्याधिक मतले विजय निश्चित छ ।’