
काठमाडौं । आठ दलीय गठबन्धनको बैठक शनिबार दिउँसो बस्दैछ ।
संघीय संसदको लोहत्से हलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन बैठक बस्न लागेको हो । त्यसपछि प्रस्ताव र समर्थकसहित पौडेलको उम्मेदवारी दर्ता हुनेछ ।
नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्