४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


सफा खानेपानी सबैको मौलिक अधिकार : खानेपानी मन्त्री


481
Shares

काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री अब्दुल खानले स्वस्थ्य र सफा खानेपानी सबैको मौलिक अधिकार भएको बताउनु भएको छ ।

हेल्पिङ्ग ह्याण्ड फर रिलिफ एण्ड डेभलप्मेन्ट हेसराले इस्लामी सांस्कृतिक केन्द्र बल्खुमा जडान गरेको शुद्ध खानेपानीको लागि फिल्ट्रेशन प्लान्टको उद्घाटन गर्दे उहाँले शुद्ध खानेपानी पिउन पाउनु सबैको मौलिक अधिकार भएको बताउनुभयो ।

उहाँले सरुवा रोगहरू मध्ये ८० प्रतिशत रोग अशुद्ध खानेपानीका कारण लाग्ने हुनाले अहिले पानीको शुद्धता परीक्षण गर्ने अभियान नै थालिएको जानकारी दिनुभयो । उहाँले औषधि किन्न पैसा नभएको तर, पानी किन्नू पर्ने बाध्यता रहेकाले सार्वजनिक स्थलहरुमा निःशुल्क खानेपानीको व्यवस्था गर्ने योजना रहेको पनि बताउनुभयो ।

हेल्पिङ्ग ह्याण्ड फर रिलिफ एण्ड डेभलप्मेन्टका प्रोग्राम मेनेजर जीव पोखरेलले मानवीय सहायताको कार्यमा सधै तत्पर रहेको बताउनुभयो । हेल्पिङ्ग ह्याण्डले विश्वका मुख्य गरी एसिया र अफ्रिकाका गरिब ८० वटा अल्प विकसित र विपन्न राष्ट्रहरुमा राहत र विकास जस्ता मानविय कार्य गर्दै आएको छ ।

नेपालमा शिक्षा, सीप विकास, स्वास्थ्य, खानेपानी, अस्पताल सहयोग जस्ता अत्यावश्यक सेवाहरुमा सहयोग पुर्‍याउदै आएको छ । संस्थाले पाँच जिल्लाका २ सय २० स्थानहरुमा वाटर फिल्ट्रेशन प्लान्ट निर्माण सम्पन्न गरिसकेको छ ।

इस्लामी सङ्घ नेपालका अध्यक्ष नजरुल हसनले जडान गरिएको सामुदायिक धाराबाट शुद्ध पानीको उपभोग गर्न पाउने समेत जानकारी दिनुभयो । केन्द्रमा १६ हजार लिटर क्षमताको सोलार वाटर हिटर समेत जडान गरिएको छ ।