२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पिकनिक गएकी जसपा सांसद सहनाज रहमानको हृदयघातबाट निधन


1.456k
Shares

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको निधन भएको छ ।

शनिबार भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक गएका बेला एक्कासी ढल्नुभएकी सांसद रहमानको मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्यसमेत रहनु भएकी रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।

६७ वर्षीया रहमान महिला फोरमकी पूर्व अध्यक्ष हुनुहुन्थ्यो ।