१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सिद्दिकीविरूद्ध पत्नी जैनबले गरिन् बलात्कारको मुद्दा दर्ता


7.722k
Shares

एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीविरुद्ध आफ्नै पत्नी आलिया जैनबले बलात्कारको मुद्दा दर्ता गरेकी छन् ।

सिद्दीकी आफ्नी पत्नी जैनबसँगको विवादका कारण अहिले चर्चामा रहेका हुन् । लामो समयदेखि सम्बन्ध विच्छेदलाई लिएर यी दुई जनाबीच विवाद चलिरहेको थियो । यसैबीच जैनबले सिद्दीकीविरुद्ध बलात्कारको आरोप लगाएकी छन् ।

जैनबले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत एउटा भिडियो सार्वजनिक गरेकी छन् । उक्त भिडियोमा जैनबले रुँदै आफ्नो पीडा सुनाएकी छन् । जैनबले सिद्दीकीले बच्चाको कस्टडी चाहेको बताएकी छन् । जैनबले यस भिडियोमा आफू आर्थिक संकटसँग जुधिरहेको समेत बताएकी छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार सिद्दीकीकी आमा मेहरुनिसा सिद्दिकीले केही समयअघि आफ्नी बुहारी जैनबविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । सम्पतिको विषयलाई लिएर जैनबविरुद्ध उजुरी परेको थियो । सोही समयदेखि उक्त विवाद बढ्दै गएको हो । जैनबले आफूलाई घरमा नजरबन्दमा राखेको आरोप समेत सोही उजुरी पनि लगाएकी थिइन् ।

जैनबले आफ्नो पति र परिवारविरुद्ध मुद्दा दर्ता गरेको यो पहिलो पटक भने होइन । यसअघि पनि उनले धेरै पटक मुद्दा दर्ता गराएकी छन् ।