१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रपतिमा रामचन्द्र पौडेलले पनि गराए उम्मेदवारी दर्ता


533
Shares

काठमाडौं । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

पूर्वसभामुख, गृहमन्त्री र उपप्रधानमन्त्री भइसक्नु भएका पौडेल गत मंसिर ४ गते तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत हुनुहुन्छ । पौडेलको उम्मेदवारीलाई नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।

त्यस्तै, पौडेलकाे प्रतिस्पर्धीमा नेकपा एमालेबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएकाे छ । यहि फागुन २५ हुने राष्ट्रपति पदकाे निर्वाचनमा पौडेल र नेम्वाङबीच कडा प्रतिस्पर्धा हुने भएकाे छ ।