
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं सांसद प्रकाश ज्वालाले राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने निश्चित भइसकेको दावी गर्नुभएको छ ।
नेता ज्वालाले आफ्नो पार्टीसहित ८ दलहरुको साझा उम्मेदवारको रुपमा पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएकाले नेता पौडेलको जित सुनिश्चित भइसकेको तर्क समेत गर्नुभयो । नेता ज्वालाले ८ राजनीतिक दलहरुबीचको एकता र संकल्पले मुलुकको राजनीतिकमा स्थिरता ल्याउने र समृद्धिको अभियानलाई तीव्रता दिन सकिने बताउनुभयो ।
नेता ज्वालाले राजनीतिक दलहरु जति धेरै एकतावद्ध भयो, उति मुलुकमा राजनीतिक स्थिरता आउने भएकाले पनि आफूहरु नयाँ शिराबाट अघि बढन थालेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्