२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मकवानपुरमा ठूलो परिमाणको लागूऔषध गाँजासहित पाँच पक्राउ


195
Shares

काठमाडौं । मकवानपुरमा प्रहरीले लागूऔषध गाँजा, चरेस र हतियारसहित पाँच जनालाई पक्राउ गरेको छ ।

कैलाश गाउँपालिका–६, दुम्सिखर्कबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका–६, दुम्सिखर्कका ७६ वर्षीय जीतबहादुर मोक्तान, २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शेखर घले रहेका छन् ।

उनीहरुबाट १५ सय १५ किलो गाँजा, १३ किलो चरेस, एक थान भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल र म्याग्जिनसहित ६ राउण्ड गोली फेला परेको पनि मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जीतबहादुर मोक्तानको घर र गोठमा खानतलासी गर्दा उक्त लागू औषध फेला परेको जनाइएको छ ।