२७ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025


रियल मड्रिड एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकियो


312
Shares

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ ।

शनिबार राति मड्रिड डर्बीमा भएको खेलमा रियल एट्लेटिकोसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ७८ औं मिनेटमा जोसे मारिया जिमिनेजले गोल गर्दै एट्लेटिकोलाई सुरूवाती अग्रता दिलाएका थिए । त्यसपछि ८५ औं मिनेटमा अल्भारो रोड्रिगेजले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याए । बाँकी समयमा थप गोल हुन नसकेपछि दुवै टोलीले अंक बाडेका छन् ।

खेलको ६४ औं मिनेटमा एन्जल कोर्रेयाले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटियो ।

योे बराबरीपछि रियलले स्पेनिस लिगमा शिर्ष स्थानको बार्सिलोनासँग अंक दुरी घटाउने अवसर गुमाएको छ ।

ला लिगामा २२ खेलबाट बार्सिलोनाको ५९ अंक छ । एक खेल बढी खेलेको रियलको ५२ अंक छ भने ४३ अंकसहित रियल सोसिडाड तेस्रो तथा ४२ अंक जोडेको एथ्लेटिको मड्रिड चौथो स्थानमा रहेको छ ।