६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


आर्सनलले लेस्टर सिटीलाई हरायो


286
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले लेस्टर सिटीलाई हराएको छ ।

शनिबार राति भएको खेलमा आर्सनलले लेस्टरलाई १–० ले हराएको हो ।

लेस्टरको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ब्राजिलियन खेलाडी ग्याब्रियल मार्टीनेलीले निर्णायक गोल गरे । उनले खेलको ४६ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै आर्सनलले प्रिमियर लिगको अंक तालिकामा शिर्ष स्थानको अग्रतालाई जारी राख्यो । लिगमा आर्सनलको २४ खेलबाट ५७ अंक भएको छ । एक खेल बढी खेलेको म्यानचेस्टर सिटी ५५ अंकसहित दोस्रो स्थानमा छ । लेस्टर २४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।