१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाई


3.211k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशको विरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आइतबार हुँदैछ ।

शुक्रबार सर्वोच्च अदालतबाट आदेश नआएपछि आइतबारका लागि अन्तिम सुनुवाई तोकिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो ।