
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु टोलीविरुद्ध लिभरपुलले बल पोसेसन राख्दै दबाब बढाएपनि गोल भने गर्न सकेन ।
बराबरीसँगै लिभरपुल २३ खेलबाट ३६ अंक जोडेर सातौं स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ खेलबाट २७ अंक जोडेर १२ औं स्थानमा छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्काे खेलमा वेस्ट ह्यामले नटिङघम फरेस्टलाई ४–० ले, लिड्सले साउथह्याम्पटनलाई १–० ले र एस्टन भिल्लाले एभर्टनलाई २–० ले हराएका छन् ।
प्रतिक्रिया दिनुहोस्