२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


नेपाल क्रिकेट संघको साधारणसभा आजदेखि सुर्खेतमा सुरू हुँदै


143
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा आइतबारदेखि सुर्खेतमा सुरू हुँदैछ ।

गत माघमा पोखरामा भएको क्यानको बोर्ड बैठकले साधारण सभा फागुन १४ र १५ गते सुर्खेतमा गर्ने निर्णय गरेको थियो ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाट्न गर्ने साधारणसभामा विभिन्न आठ एजेन्डामा छलफल हुनेछ ।

साधारणसभामा ४५ जिल्लाका प्रतिनिधि, २१ प्रदेश प्रतिनिधि, १७ केन्द्रीय सदस्य, ३ पर्यवेक्षक, अम्पायर र प्रशिक्षक गरी ८७ जना सहभागी हुने क्यानले जनाएको छ ।