
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने गरी बोलाइएको हो ।
बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनका बारे छलफल हुनेछ ।
पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेको थियो ।
सरकारबाट बाहिरिएको रास्वपाले समर्थन भने फिर्ता लिएको छैन ।
प्रतिक्रिया दिनुहोस्