१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने


923
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी शुक्रबार कतार जानुहुने भएको छ ।

उहाँ अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन कतार जान लाग्नु भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड फागुन २२ गतेसम्म सम्मेलनमा रहनुहुनेछ । एलडीसीको यो पाँचौं सम्मेलन हो ।

फागुन २१ देखि २५ गतेसम्म आयोजना हुने अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा सरकार एवम् राष्ट्र प्रमुखहरू सहभागी हुनेछन् ।

तेस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो ।

उक्त सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री विमला राई पौड्याल पनि कतार जानुहुनेछ ।