
एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्त फिल्म ‘हेराफेरी ४’ मा खलनायकको भूमिकामा देखिने भएका छन् ।
‘हेराफेरी’ फ्रेन्चाइजी बलिउडको सबैभन्दा लोकप्रिय फ्रेन्चाइजी मध्ये एक हो । केही साताअघि ‘हेराफेरी ३’को चर्चाले फिल्म क्षेत्र तरङ्गीत बनेको थियो । फेब्रुअरी २१ देखि छायांकन सुरु भएसँगै यो कमेडी सिक्वेलको चर्चाले अरु कुरालाई ओझेलमा पार्यो । यो श्रृंखलामा अक्षय कुमार, सुनिल शेट्टी र परेश रावल शीर्ष भूमिकामा छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार फिल्मलाई लिएर दुई वटा खबर बाहिरिएको छ । पहिलो, अब फिल्मको शीर्षक ‘हेराफेरी ३’ नभएर ‘हेराफेरी ४’ हुने भएको छ । दोस्रो खलनायकको भूमिकामा सञ्जय भित्रिएका छन् । फिल्ममा सञ्जयको भूमिका नकारात्मकको साथै दृष्टिविहीन व्यक्तिको भूमिकामा देखिने समाचारमा उल्लेख गरिएको छ ।
गत वर्ष सञ्जय दक्षिण भारतीय फिल्म ‘केजीएफ २’ र भारतीय फिल्म ‘शमशेरा’ मा खलनायकको भूमिकामा देखिएका थिए ।
फिल्मको छायांकन आगामी तीन महिनामा सम्पन्न हुने दावी निर्माण टिमले गरेको छ । फिल्मको सुटिङ मुम्बई बाहेक विदेशी लोकेशनमा पनि हुने छ ।
प्रतिक्रिया दिनुहोस्