१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कलाकार जयनन्द लामाको जन्मथलोमा सालिक स्थापना


5.109k
Shares

काठमाडौं । स्व. कलाकार, गायक, संकलक, निर्देशक एवं निर्माता जयनन्द लामाको स्मृतिमा उनकै जन्मथलोमा सालिक स्थापना गरिएको छ ।

जयनन्द लामा स्मृति कोषले शुक्रबार एक कार्यक्रमकाबीच सिन्धुपाल्चोकको बाह्रबिसे–३ धार्पाको थिङटोलमा उनको निजी जग्गामै सालिक निर्माण गरी गरेको हो । लामाको १२ फिट अग्लो पूर्णकदको सालिक कोषले ८ लाख रुपैयाँको बजेटमा निर्माण गरेको हो ।

डम्फु बजाएर नाचिरहेको भावमा लामाको सालिकको डिजाइन गरिएको छ । लामाले दर्जनौं लोकगीत गाउनुका साथै दुई सयभन्दा बढी फिल्म र टेलिश्रृंखलामा अभिनय गरेका छन् ।

२०३० सालमा ‘मनको बाँध’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका लामाले ‘छक्का पञ्जा, जय भोले, कान्छी, निशानी’ लगायतका फिल्ममा अभिनय गरेका छन् ।

उनले अभिनय गरेको पछिल्लो फिल्म ‘ए साथी सुन’ फिल्म चैत १० मा प्रदर्शन हुँदै छ ।