
काठमाडौं । पोखरा उच्च अदालतबाट नाबालिग यौन दुर्व्यवहारको मुद्दामा सफाई पाएका अभिनेता पल शाह साेमबार कारागारबाट छुट्ने भएका छन् ।
पोखरा उच्च अदालतले शाहलाई आइतबार सफाइई दिएकाले शाह साेमबार तनहुँ जिल्ला कारागारबाट छुट्ने भएका हुन् । शाहका कानूनी सल्लाहकार कमलामोहन वाग्लेले साेमबार कार्यालय खुलेपछि शाह जेलमुक्त हुने जानकारी दिनुभएको छ ।
पोखरा उच्च अदालतका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले आइतबार शाहको मुद्दामा प्रमाण नपुग्ने भन्दै सफाई दिएको थियो । गत वर्ष तनहुँ जिल्ला अदालतले शाहलाई कैद सजाय गर्ने निर्णय गरेकोमा उनी उच्च अदालत गएका थिए ।
प्रतिक्रिया दिनुहोस्