१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रपति पदका दुवै जना उम्मेदवारविरूद्ध उजुरी परेन


468
Shares

काठमाडाैं । यहि फागुन २५ गते हुने राष्ट्रपति पदकाे चुनावका लागि उम्मेदवारी दिएका दुवै जना उम्मेदवारविरुद्ध कुनै उजुरी नपरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ ।

फागुन १३ गते ८ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका थिए । राष्ट्रपति चुनाव निर्वाचन अधिकृतको कार्यालयले १४ फागुनका लागि लागि उम्मेदवारविरुद्ध उजुरी दिन पाउने कार्यतालिका सार्वजनिक गरेको भए पनि कुनै उजुरी नपरेको जनाएको छ ।

कुनै उजुरी नपरेकाले दुवै जनाको उम्मेदवारी कायम रहेको छ । राष्ट्रपतिमा संघीय सांसद र प्रदेश सांसदले मतदान गर्छन् । निर्वाचन आयोगले फागुन १० गते मतदाता नामावली प्रकाशित गरिसकेको छ ।