२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

विद्युत प्राधिकरणले कपिलवस्तुमा सडक बत्तीको लाइन काट्दै


468
Shares

कपिलवस्तु । कपिलवस्तुमा बिना स्वीच चौबिसै घन्टा बत्ती बाल्दा प्राधिकरणलाई दैनिक लाखौं रुपैयाँ नोक्सानी भएको नेपाल विद्युत प्राधिकरण कपिलवस्तुले जनाएकाे छ ।

जसका कारण प्राधिकरणले कपिलवस्तुमा सडक बत्तीको लाइन काट्ने तयारी गरेको हाे । प्राधिकरणले आफ्नो क्षेत्रभित्र पर्ने कपिलवस्तु, बाणगंगा, बुद्धभूमी नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाको सडक बत्ती काट्ने तयारी गरिएको प्राधिकरणका प्रमुख राजेशकुमार झाले बताउनुभयो । प्राधिकरणको लुम्बिनी प्रदेश प्रादेशिक कार्यालयले यहि फागुन २ गते प्राधिकरणलाई स्वीचबिना राखिएको सडक बत्ती झिक्न निर्देशन दिएको थियो ।

तर अनुगमनको क्रममा त्यसको पालना नभएको पाइएपछि प्रादेशिक कार्यालयले सात दिनभित्र सडक बत्ती व्यवस्थापन गर्न निर्देशन दिइएको प्राधिकरण प्रमुख झाले बताउनुभयो । पटक-पटक पत्राचार गर्दा समेत सडक बत्तीको व्यवस्थापन नगरिएकाले अब सडक बत्तीको लाइन काटने तयारी गरेको बताउनुभयो।

एउटा बत्तीले मासिक ७३ रुपैयाँको विद्युत खपत गर्ने हुँदा पाँच पालिकाका हजारौं सडक बत्ती बल्दा प्राधिकरणलाई लाखौं रुपैयाँ नोक्सानी हुने गरेको बताइएको छ ।