१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


थालापथी विजयको फिल्म ‘लियो’ले रिलिज अघि नै ४ सय करोड कमायो


4.94k
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेता थालापथी विजयको फिल्म ‘लियो-बल्डी स्वीट’ले रिलिज अघि नै ४ सय करोड भारतीय रुपैयाँ कमाई गरेको छ ।

विजय र भारतीय अभिनेता सञ्जय दत्त अभिनित फिल्मले स्याटेलाइट, डिजिटल, म्युजिक र थिएटर अधिकार बेचेर यो सो रकम कमाएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मले डिजिटल अधिकार नेटफ्लिक्सलाई १ सय २० करोड भारतीय रुपैयाँमा बेचेको छ। जसमा तमिल, तेलुगु, हिन्दी र कन्नड भाषाहरूको अधिकार समावेश छ । फिल्मले स्याटेलाइट अधिकार सन टिभीलाई ७० करोड भारतीय रुपैयाँमा बेचेको छ ।

त्यस्तै, फिल्मको म्युजिक अधिकार १८ करोड भारतीय रुपैयाँमा बिक्री भएको छ । अहिले हिन्दी स्याटेलाइट अधिकारका लागि सट म्याक्स र गोल्डमाइन्सबीच प्रतिस्पर्धा चलिरहेको छ । जुन आगामी १५ दिनमा कस्ले किन्ने छ भन्ने पुष्टि हुनेछ । हिन्दी स्याटेलाइट अधिकारको मूल्य करिब ३० करोड भारतीय रुपैयाँ भएको समाचारमा उल्लेख गरिएको छ ।

फिल्मले थिएटर अधिकारबाट लगभग १सय ७५ करोड भारतीय रुपैयाँ लिने भएको छ । यो विश्वव्यापी रूपमा बिक्री भएको चलचित्रको थिएटर अधिकारबाट प्राप्त रकम हो। जसमा फिल्मको विदेश अधिकारको माग करिब ५० करोड भारतीय रुपैयाँ छ । जबकि, तमिलनाडुमा फिल्मको अधिकार ७५ करोड भारतीय रुपैयाँ छ । केरला, आन्ध्र प्रदेश र तेलंगानाबाट करिब ३५ करोड भारतीय रुपैयाँको माग भइरहेको छ । यस अवस्थामा फिल्मले पहिले नै ४ सय करोड भारतीय रुपैयाँ कमाइ गरेको छ ।

निर्देशक लोकेश कनागराजद्वारा निर्देशित उक्त फिल्म १९ अक्टोबर २०२३ मा हलमा रिलिज हुने भएको छ ।