२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


फिल्म रिलिज अघि निर्देशकको निधन


15.171k
Shares

एजेन्सी । दक्षिण भारतीय फिल्म निर्देशक जोसफ मनु जेम्सको निधन भएको छ ।

३१ वर्षिय जेम्सको आइतबार निधन भएको हो । उनलाई निमोनिया भएपछि राजगिरी अस्पतालमा भर्ना गरिएको थियो । केही समय उपचार गरेपछि उनको सोही अस्पतालमा निधन भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार जेम्सको डेब्यु फिल्म ‘न्यान्सी रानी’ चाँडै बक्स अफिसमा रिलिज हुँदैछ । फिल्म रिलिज हुनु केही दिनअघि उनको निधन भएको हो । सन् २००४ मा अभिनेताको रुपमा आफ्नो करियर सुरु गरेका जेम्स मनुले फिल्म ‘न्यान्सी रानी’ बाट निर्देशनमा डेब्यु गरेका थिए ।

यस फिल्मको पोस्ट(प्रोडक्सनको काम भइरहेको छ । फिल्ममा अहाना कृष्णा कुमार, अर्जुन अशोकन, अजु वर्गीजलगायत कलाकारको अभिनय छ ।