
काठमाडौं । लमजुङको दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेँसीमा सोमबार राति आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ ।
छाप्रोमा अचानक आगलागी हुँदा स्थानीय ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
प्रहरीका अनुसार जस्तापाताको छाप्रोमा बस्दै आएका कामीको छाप्रोमा अचानक आगलागी भएको र अशक्त कारण बाहिर निस्किन नसक्दा जलेर उनको मृत्यु भएको हो ।
यस्तै, आगलागीबाट छाप्रो नजिकै रहेको सात भेंडा, तीन भैंसी, छ राँगासमेत घाइते भएका छन् ।
चुलोमा बलेको आगो निभाउन बिर्सिदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्