१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धर्म संस्कृति तथा भाषा साहित्यको संरक्षण गर्न नसके राष्ट्रियता कमजोर हुन्छ : थपलिया


988
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले धर्म संस्कृति तथा भाषा साहित्यको संरक्षण गर्न नसक्ने मलुकको राष्ट्रियता कमजोर हुने बताउनुभएको छ ।

ग्याल्पो ल्होसारको अवसरमा नेपाल भोटे महिला संघ र हिमालय भोटे समाजले काठमाडौंमा गरेको कार्यक्रममा थपलियाले संस्कृति र परम्पराको संरक्षण गर्न नसक्ने मुलुकको राष्ट्रियता बाँच्न मुस्किल हुने बताउनुभएको हो ।

पछिल्लो समय नेपालका विभिन्न जातजाति र भाषाभाषी पहिचानका लागि लागेको भन्दै भाषा संरक्षणमा भोटे समुदायले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा भोटे समुदायका अगुवाहरुले संस्कृतिमाथिको हस्तक्षेप स्वीकार्य नहुने भन्दै धर्म, संस्कृति र परम्पराको संरक्षणमा जोड दिएका थिए ।

ग्याल्पो ल्होसार २१५० को अवसरमा उनीहरुले भोटे भाषामा साँस्कृतिक प्रस्तुती र झाँकी प्रर्दशन समेत गरेका थिए ।