२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शेयर बजारमा ३ अंकको गिरावट


65
Shares

काठमाडौं । शेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबार ३ दशमलव ८१ अंकले घटेको बजार २०१९ दशमलव ७३ बिन्दुमा आएर रोकिएको हो ।

बजार दिनभर जसो नै उतारचढावपूर्ण भने रह्यो । यसदिन २६२ धितोपत्रको २८ हजार ६८४ वटा कारोबारबाट ३९ लाख ४६ हजार २४ कित्ता सेयर किनबेच भएको छ ।

१ अर्ब ३८ करोड ७८ लाख रुपैयाँको कारोबार हुँदा मंगलबार जलविद्युत, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड र ट्रेडिङबाहेक सबै उपसूचकमा गिरावट आएको छ ।

सबैभन्दा धेरै लघुवित्त उपसूचकमा शुन्य दशमलव ८० प्रतिशतको गिरावट आएको छ । यसका बावजुत पनि मंगलबार सबैभन्दा धेरै बढ्नेमा लघुवित्त कम्पनी नै छन् ।

खाज आँधीखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाको सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा सिद्धार्थ इन्स्योरेन्स र सर्पोट माइक्रोफाइन्सको पनि मूल्य बढेको छ ।