
एजेन्सी । टर्कीमा बस्दै आएका ४२ हजार सिरियाली शरणार्थीहरु स्वदेश फर्केका छन् ।
सिरियामा चर्केको गृहयुद्धका कारण टर्कीमा शरण लिन पुगेका उनीहरु गत महिनाको भुकम्पबाट टर्की क्षतविक्षत बनेपछि स्वदेश फर्केको टर्की सरकारले जनाएको छ ।
सन् २०११ देखि सुरू भएको गृहयुद्धपछि सिरियाबाट भागेका लगभग ३५ लाख सिरियालीहरु मध्ये अधिकांश टर्कीमा रहेका छन् ।
भूकम्पपछि टर्की प्रवेशलाई खुकुलो बनाइएपछि उनीहरु स्वदेश फर्किएका हुन ।
भूकम्पबाट टर्कीमा हजारौं शरणार्थीहरुको पनि मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्