११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


‘नाइँ नभन्नु ल ६’ काे टिजर र पोस्टर सार्वजनिक


572
Shares

काठमाडौं । विकास आचार्यद्वारा निर्देशित चलचित्र ‘नाइँ नभन्नु ल ६’ को पहिलो पोस्टर र टिजर सार्वजनिक भएको छ ।

निर्माताले मंगलबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । चलचित्रले मंगलबार दिउँसो पोस्टर र बेलुका टिजर सार्वजनिक गरेको हो । चलचित्र आगामी वैशाख १ गतेबाट प्रदर्शन हुने पक्का भएको छ ।

२१ सेकेण्डको टिजरमा आँचल शर्मा र आशिर्वाद क्षेत्री फिचर्ड छन् । सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्माता रहेको चलचित्रलाई विकास र विष्णुमणि दाहालले निर्माण गरेका हुन् ।

चलचित्रमा आँचल र आर्शिवादसँगै योगिशा खत्री, अर्थव उप्रेतीलगायतको अभिनय छ । अथर्व अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईंटेलका छोरा हुन् ।