१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बढ्यो सुनचाँदीको मूल्य


2.834k
Shares

काठमाडौं । साताको चौथो दिन दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ५ सय रूपैयाँले बढेर एक लाख २ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार १५ रूपैयाँले बढेर १ हजार २७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।