१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस र एमालेले प्रमुख प्रतिपक्ष दाबी गरेपछि प्रतिनिधि सभाको बैठक नै बस्न सकेन


4.901k
Shares

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) दुवै ठूला दलले आफूलाई प्रमुख विपक्षी दल दाबी गरेपछि बुधबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरी चैत ५ गतेलका लागि बोलाइएको हो ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले प्रमुख प्रतिपक्षमा आफ्नो हक लाग्ने बताएको छ भने कांग्रेसले आफू सरकारमै नगएकाले प्रमुख प्रतिपक्षको दाबी छाडेको छैन ।

कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षीको मान्यता पाउने नपाउने विवादका बीच संसद सचिवालयले प्रमुख विपक्षी दलको मान्यता दिएको थियो ।

कांग्रेस र एमाले दुवै दलले प्रमुख प्रतिपक्ष दाबी गर्दा बुधबारको बैठक नै स्थगित गर्नुपरेको बुझिएको छ ।